कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
पछिल्लो केही वर्षयता नेपाली मिडियामा डिजिटल पत्रकारिता तीव्र गतिमा अगाडि बढिरहँदा, सोही लहरसँगै स्थापित भएको अनलाइन समाचार प्लेटफर्म ‘खोज समाचार’ वैकल्पिक पत्रकारिताको अभ्यासमार्फत छुट्टै पहिचान बनाउन सफल देखिएको छ ।तीन वर्षअघि सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भई सञ्चालनमा आएको ‘खोज समाचार’ हाल बेथेल मिडिया हाउस प्रा.लि. अन्तर्गत सञ्चालित छ । काठमाडौं महानगरपालिका–३२, पेप्सिकोला स्थित कार्यालयबाट सञ्चालन हुँदै आएको ‘खोज समाचार’ ले लेख र भिडियो दुवै माध्यम प्रयोग गरेर समाचार सामग्री सार्वजनिक गर्दै आएको छ ।
सञ्चारकर्मी रोशन श्रेष्ठद्धारा स्थापना भएको ‘खोज समाचार’ ले सुरुदेखि नै भ्रष्टाचार, सामाजिक विकृति र विसङ्गतिप्रति खबरदारी गर्ने उद्देश्य लिएको बताइएको छ । संस्थापक श्रेष्ठका अनुसार, खोज समाचारको उद्देश्य युवापुस्तालाई राष्ट्रिय सरोकारका विषयमा अभिमुखीकरण गर्नु पनि हो ।हाल पाँच जना स्थायी कर्मचारीको सानो टिमले सञ्चालन गर्दै आएको यस अनलाइन मिडियाको सम्पादकीय नेतृत्व पुष्पा तामाङले सम्हालिरहेकी छन् । डिजिटल माध्यममै केन्द्रित खोज समाचारका सामग्रीहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएका छन् । फेसबुकमा ८ लाखभन्दा बढी प्रयोगकर्ताको फलोअर्स तथा युट्युबमा ४५ हजारभन्दा बढी सदस्यता रहेको यस प्लेटफर्मले फरक प्रस्तुतीकरणमार्फत आम दर्शकसँग प्रत्यक्ष संवाद गर्ने शैली अपनाएको छ । साधन र संरचनाको हिसाबले अन्य ठूला मिडियाजस्तो व्यवस्था नभएको स्वीकार गर्दै, खोज समाचारले सानो टिमबाट पनि सत्य, सन्तुलित र उत्तरदायी पत्रकारिता सम्भव हुने विश्वासमा आफूहरू क्रियाशील रहेको बताउँदै आएको छ ।
यद्यपि, प्लेटफर्मका संस्थापक श्रेष्ठमाथि केही नयाँ राजनीतिक दल र व्यक्तिहरूप्रति पक्षपाती ढंगले समाचार सम्प्रेषण गर्ने आरोप समेत लाग्दै आएका छन्। विशेषतः रास्वपा, बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालजस्ता नयाँ राजनीतिक अनुहारहरूलाई प्रारम्भिक चरणमा विशेष प्राथमिकता दिइएको भन्दै श्रेष्ठको शैली एकपक्षीय रहेको आलोचना हुने गरेको छ । पछिल्लो समय भने श्रेष्ठको कार्यशैलीमा सन्तुलन ल्याउने प्रयास देखिन थालेको छ । तर पनि नयाँ शक्ति र व्यक्तिहरुप्रति उनी अझै केही हदसम्म सकारात्मक ढंगले प्रस्तुत हुने गरेको टिप्पणी निरन्तर आइरहेको छ । सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति, जनमुखी शैली र वैकल्पिक दृष्टिकोणका साथ अघि बढिरहेको खोज समाचारले डिजिटल पत्रकारितामा छुट्टै धार निर्माण गर्ने संकेत दिइरहेको छ ।
प्रतिकृया दिनुहोस